ad ad

राजनीति


'एमसीसीविरुद्ध लड्न तयार छौँ, कुनै हालतमा लागु हुन दिँदैनौँ'

'एमसीसीविरुद्ध लड्न तयार छौँ, कुनै हालतमा लागु हुन दिँदैनौँ'

नेपालखबर
भदौ २८, २०७८ सोमबार १६:२०, काठमाडौँ

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना एमसीसी कुनै पनि हालतमा लागु हुन नदिने बताएका छन्।

सोमबार काठमाडौंको खुलामञ्चमा आयोजित विरोधसभालाई पानीमा रुझ्दै सम्बोधनका क्रममा उनले एमसीसी लागु भए नेपालमा अमेरिकी साम्राज्यवादले कब्जा जमाउने बताए। 

'एमसीसी आइहाल्यो भने के हुन्छ? अमेरिकाले नेपालमा अखडा जमाउँछ। तीव्र गतिमा प्रगति गरिरहेको चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन्छ', उनले भने, 'हाम्रा विकास पूर्वाधार हामी नै सुरक्षा गर्न सक्छौँ। त्यसका लागि अमेरिकी सेना चाहिँदैन। हामी आउन पनि दिँदैनौँ।'

उनले एमसीसीविरुद्धको आजको कार्यक्रम आगोको एउटा झिल्को मात्रै भएको बताए। 'आज काठमाडौंमा उत्रिएको जुलुस झिल्को मात्रै हो। यदि एमसीसीलाई जवरजस्त पास गर्न खोजियो भने यो झिल्को राँको बन्नेछ।'

विप्लवले देशको माया हुने हरेक मान्छे एमसीसीविरुद्ध उत्रिनुपर्ने बताए। 'देशको माया हुने हरेक मान्छे एमसीसीविरुद्ध ओर्लिनुस्। हामीले आजैको दिनबाट हाम्रो टाउकोमाथि थुपार्न खोजिएको दबाब र हस्तक्षेपविरुद्ध लड्नुपर्छ', उनले भने, 'तपाईंहरु देश रोज्नु हुन्छ कि एमसीसी? डलर चाहियो कि धर्ती चाहियो? स्वाभिमान चाहियो कि अमेरिकाको गुलामी चाहियो?', 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .