विजय रुपाडाीलाई राजीनामा दिएको २४ घण्टाभित्र गुजरातको नयाँ मुख्यमन्त्री चयनबारे निर्णय भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त राज्यको नयाँ मुख्यमन्त्रीमा भुपेन्द्र भाइ पटेल हुनेछन्।
गान्धीनगरमा भाजपाको विधायक दलको बैठकले उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। केही बेरमा यो घोषणा हुनेछ।
गुजरातको नयाँ मुख्यमन्त्री चयनका लागि आयोजित बैठकमा केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमर, प्रह्लाद जोशी र भाजपाका राष्ट्रिय महासचिव तरुण चुघ बतौर पर्यवेक्षक थिए।
81
Shares
प्रतिक्रिया