ad ad

राजनीति


यस्तो छ प्रदेशबाट एमाले र जसपा छाड्ने सांसदहरुको विवरण (पूरा सूचीसहित)

यस्तो छ प्रदेशबाट एमाले र जसपा छाड्ने सांसदहरुको विवरण (पूरा सूचीसहित)

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १८:५१, काठमाडौँ

निर्वाचन आयोगले नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट लोकतान्त्रिक पार्टीमा लागेका प्रदेश सांसदहरुको विवरण सार्वजनिक गरेको छ।

आयोगले एमालेबाट सबै प्रदेशबाट ४७ जना सांसद एकीकृत समाजवादी पार्टीमा लागेको जानकारी शुक्रबार दिएको छ। कर्णाली प्रदेशका ४ सांसद कारवाहीमा परेकाले उनीहरुको सांसद पद गइसकेको छ।

यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट १६ सांसद महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा खुलेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन्। 

एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपालको नयाँ पार्टीमा गण्डकीबाहेक सबै प्रदेशबाट सांसदहरु खुलेका छन्। लुम्बिनी प्रदेशबाट एकजना सांसद समाजवादीतिर लागेकी छन्। 

एमालेले सातै प्रदेशमा २ सय ३२ प्रदेश सभा सदस्य जितेको थियो। 

जसमा प्रदेश १ बाट ५१, प्रदेश २ मा २१, वागमती प्रदेश ५५, गण्डकी प्रदेश २७, लुम्बिनी प्रदेश ३७, कर्णाली प्रदेश १६ र सुदुरपश्चिम प्रदेश २५ सांसद एमालेबाट निर्वाचित थिए। 

तर, माधवकुमार नेतृत्वमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेपछि एमालेबाट २२ प्रतिशत प्रदेश सांसद आफूतिर तान्न सफल भएका छन्। 

निर्वाचन आयोगले नयाँ दलमा खुल्नको लागि भदौ २२ गतेसम्मको समय दिएको थियो। अध्यादेश ल्याएको २१ दिनभित्र दल परिवर्तन गरे प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद नजाने आयोगको निर्णय थियो। 

त्यही अवधिमा एमालेबाट ४६ जना र जसपाबाट १६ जना नयाँ पार्टीमा खुलेका छन्। सरकारले भदौ १ गते राजनीतिक दल विभाजन गर्ने अध्यादेश ल्याएको थियो।

एमालेबाट एकीकृत समाजवादीमा लागेकाहरूको विवरण

जसपाबाट लोसपामा लागेका सांसदहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .