ad ad

राजनीति


सर्लाहीका ४८ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

सर्लाहीका ४८ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

नेपालखबर
भदौ २३, २०७८ बुधबार १७:५१, काठमाडौँ

सर्लाहीमा नेकपा (एमाले) बाट निर्वाचित ४८ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। 

एमालेमा भएको विभाजनपछि निर्वाचन आयोगले उक्त पार्टीबाट विजयी भएका जनप्रतिनिधिलाई दल रोज्न मंगलबार सम्मको समयसीमा तोकेको थियो। 

जिल्ला निर्वाचन कार्यालय मलंगवाका अनुसार तोकिएको समयसीमा भित्र सर्लाहीमा एमालेका तीनजना प्रदेश सांसद र ४५ जना स्थानीय तहका जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। 

सर्लाहीमा एमालेबाट बेची लुंगेली, डिल्लीप्रसाद उप्रेती र रवीन्द्र बैठा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनीहरु सबैले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेका छन्।

बिरामी भएपछि उपचारको लागि भारतको नयाँ दिल्ली पुगेका सांसद उप्रेतीले मंगलबारै जनकपुर पुगेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन्। 

हरिपुर नगरपालिकाका मेयर जमिरुदीन मन्सुर र उपमेयरसहितका जनप्रतिनिधि, लालबन्दी, हरिवन तथा बागमतीका केही वडाध्यक्ष एवं वडा सदस्यहरुले पनि एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका छन्।

लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, हरिवनका मेयर गणेश  प्रसाईं, उपमेयर रेणुका पौडेल, ईश्वरपुरका मेयर मनोज देवकोटा, उपमेयर एकाबती चौधरी लगायतका जनप्रतिनिधिले भने एमाले छाडेनन्। 

माधव नेपाल खेमाबाट बिजयी हुने सर्लाहीका धेरै जनप्रतिनिधि अहिले एमालेमै रहेका छन्। उनीहरु पनि आगामी निर्वाचनसम्ममा आफ्नो पार्टीमा आइसक्ने दाबी एकीकृत समाजवादीका जिल्ला तहका नेताहरुले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .