नेकपा (एमाले) एमालेले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) मा लाग्न अन्य दलले आफ्ना कार्यकर्तालाई प्रलोभन र धम्की दिएको आरोप लगाएको छ।
आइतबार वक्तव्य प्रकाशित गरी महासचिव ईश्वर पोखरेलले ‘नेकपा (एमाले) को विभाजनका लागि जानी जानी अलोकतान्त्रिक अध्यादेश ल्याएर नेकपा (एमाले) मा ठूलो विभाजन होस् भन्ने कामनाका साथ गरिएको हर्कत पुरा नभएपछि २१ दिनको समयावधिभित्र प्रदेशसभा सदस्य र स्थानीय जन प्रतिनिधिहरूलाई नेकपा (एमाले) बाट चोइटिएर बनेको पार्टीमा लाग्न केही अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने धम्क्याउने जस्ता क्रियाकलाप गरिरहेको’ बताएका छन्।
महासचिव पोखरेलले पार्टीका नेता कार्यकर्ताहरूलाई विभाजनको विपक्षमा उभिन पनि आह्वान गरेका छन्।
साथै उनले एमालेको आन्तरिक मामिलामा ‘आँखा नलगाउन’ पनि अन्य दललाई चेतावनी दिएका छन्।
Shares
प्रतिक्रिया