ad ad

राजनीति


माधव नेपालले तोके प्रदेश र विभाग कमाण्डर, कसलाई कहाँको जिम्मेवारी?

माधव नेपालले तोके प्रदेश र विभाग कमाण्डर, कसलाई कहाँको जिम्मेवारी?

नेपालखबर
भदौ १९, २०७८ शनिबार २२:१७, काठमाडौँ

एमाले विभाजन गरेर बनाइएको नेकपा एकीकृत समाजवादी पार्टिले प्रदेशमा इञ्चार्ज तोकेको छ।

अध्यक्ष माधवकुमार नेपालले शनिबार अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी काम संयोजन गर्न सातै भौगोलिक प्रदेशमा इन्चार्ज तोकेका छन्। 

नेपालले पाँच गैरभौगोलिकसहित १२ प्रदेशमा इञ्चार्ज तोकेका हुन्। समाजवादीको अपानि-१ मा प्रदेश इञ्चार्ज तोकेसँगै अन्य नेताहरुको जिम्मेवारी पनि बाँडफाँट गरिएको छ।

पार्टीले प्रदेश १ इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला तोकिएका छन्। सुदूरपश्चिम प्रदेशमा इन्चार्ज तोक्न बाँकी छ।

समाजवादीले स्थायी कमिटी, सचिवालय र विभिन्न विभागीय जिम्मेवारी पनि बाँडेको छ। समाजवादीले पार्टीको आगामी राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म हाइकमाण्डका रुपमा पाँच सदस्यीय स्थायी कमिटी चयन गरेको छ 

जसमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन्।

पार्टीको दैनिक कार्य सम्पादनका लागि बेदुराम भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय बनाइएको छ। केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी डा. गंगालल तुलाधरले पाएका छन्। 

अदालत र निर्वाचन आयोग हेर्ने जिम्मेवारी नेता राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीले पाएका छन्। संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीले पाएका छन्। 

उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा. विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहले जिम्मेवारी पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .