ad ad

राजनीति


सर्लाहीः हरिपुरका २४ जनप्रतिनिधिले एमाले छाडेर राेजे एकीकृत समाजवादी

सर्लाहीः हरिपुरका २४ जनप्रतिनिधिले एमाले छाडेर राेजे एकीकृत समाजवादी

नेपालखबर
भदौ १७, २०७८ बिहिबार १७:३, काठमाडौँ

नेकपा एमालेबाट निर्वाचित सर्लाहीको हरिपुर नगरपालिकाका २४ जना  जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको छन्। 

नगर प्रमुख जमरुद्दिन मन्सुर, उपप्रमुख रेणुका काफ्लेसहित २४ जनाले आज जिल्ला निर्वाचन कार्यालय (मलंगवा) गएर एकीकृत समाजवादीतर्फ सनाखत गरेका हुन्। 

नगरप्रमुख मन्सुरले आज  ४ जना निर्वाचित अध्यक्ष, एक कार्यपालिका सदस्यसहित २४ जनप्रतिनिधिले समाजवादी पार्टी रोजेको बताए। 

आज आउन नसकेका अन्य केही जनप्रतिनिधि पनि २२ गतेसम्म आएर सनाखत गर्ने उनले जानकारी दिए। 

कतिपयको आज काम परेर आउन नसकेको तर सबैजसो जनप्रतिनिधिले समाजवादी नै रोज्ने उनले दाबी गरे। 

हरिपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधि ३५ जना छन्। 

नेकपा एमालेबाट विद्रोह गरी अलग भएको माधवकुमार नेपाल समूहले गठन गरेको नेकपा (एकीकृत समाजवादी) रोज्ने जनप्रतिनिधिका लागि निर्वाचन आयोगले यही भदौ २२ गतेसम्मको समय दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .