ad ad

राजनीति


संघीयता र धर्मनिरपेक्षताबारे अध्यक्ष मिश्रको प्रस्तावप्रति संयोजक पाण्डेको असहमति

संघीयता र धर्मनिरपेक्षताबारे अध्यक्ष मिश्रको प्रस्तावप्रति संयोजक पाण्डेको असहमति

नेपालखबर
साउन १२, २०७८ मंगलबार ६:२०,

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने प्रस्तावप्रति उनकै पार्टीका संयोजक मिलन पाण्डेले असहमति जनाएका छन्। 

आन्दोलनका उपलब्धि रक्षा र संविधान पालनामा विवेकशील साझा पार्टी  प्रतिबद्ध रहेको उल्लेख गर्दै संयोजक पाण्डेल अध्यक्ष मिश्रका विचार ‘नितान्त व्यक्तिगत’ भएको बताएका हुन्।

‘घोषणापत्र, प्रस्तावित विधानअनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो,’ संयोजक पाण्डेले भनेका छन्, ‘विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ। बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ हुन्।’

यो पनि : ​रवीन्द्र मिश्रको प्रस्ताव : संघीयता खारेज गरौँ, धर्मनिरपेक्षताबारे जनमत संग्रह गरौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .