ad ad

राजनीति


खगेन्द्र संग्रौला र माधव नेपाललाई धम्क्याएको चर्चा चलेपछि महेश बस्नेतले दिए यस्तो स्पष्टीकरण

खगेन्द्र संग्रौला र माधव नेपाललाई धम्क्याएको चर्चा चलेपछि महेश बस्नेतले दिए यस्तो स्पष्टीकरण

नेपालखबर
साउन १२, २०७८ मंगलबार ५:४९,

नागरिक अगुवासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौला र आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाललाई धम्की दिएको कुरा सार्वजनिक भएपछि एमाले नेता महेश बस्नेतले स्पष्टीकरण दिएका छन्। 

उनले आफूले कसैलाई नधम्क्याएको दाबी त गरेका छन्, तर घुमाउरो तरिकाले उनले ‘बाधा अड्चन आइपरे मात्र हटाउनेछ’ भनेर धम्की नै दिएका छन्। 

‘जहाँसम्म अस्ति २०७८ साउन ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषणा सभामा मैले बोलेको विषय छ, न खगेन्द्र बाजेलाई धम्की दिएको छ, न माधव नेपाल कमरेडलाई थर्काएको छ,’ सामाजिक सञ्जालमार्फत सोमबार उनले भनेका छन्, ‘युथ फोर्सले जाई कटक नगर्नू, झिकी कटक गर्नू भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ। सहज ढंगले आफ्नो लक्ष्यमा हिँड्नेछ। बाधा अड्चन आइपरे मात्र हटाउनेछ। एमालेको पंक्ति र जनतासँग शत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन आवश्यक  छैन।’

‘झिकी कटक गर्नू’, ‘बाधा अड्चन आए मात्र हटाउनेछ’, ‘एमालेको पंक्ति र जनतासँग शत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन आवश्यक छैन’ को अर्थ ‘निहुँ खोज्ने’लाई छाडिँदैन भन्नु होइन र! यसो भनेको एमाले वा युथ फोर्सको आलोचना गरेमा भने बाँकी राखिँदैन भनेको होइन र! 

जुन काम खगेन्द्र संग्रौला र माधव नेपालहरूले गरिरहेका छन्। 

यो पनि : ​महेश बस्नेतले दिए खगेन्द्र संग्रौलालाई ‘तह लगाउने’ धम्की

तैपनि बस्नेतले लेखेका छन्, ‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन्। गाली शिरोमणिको उपमा पाएका बाजे अरूलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन्। म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ, राजनीतिक रूपमा पनि ज्येष्ठ नागरिक र अग्रजहरूको सम्मान गर्ने एमाले, उक्त पार्टीका नेताहरू मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ, सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो। धम्क्याउने, थर्काउने मेरो शैली होइन।’

माधव नेपाललाई पनि उनले यसो भनेका छन्– माधव नेपाललाई महेश बस्नेतले दिए भौतिक आक्रमणको चेतावनी!

यो पनि :​विनोदविक्रम केसी भन्छन् : सिंगो व्यवस्थाले त तह लाउन सकेन खगेन्द्र संग्रौलालाई, महेश बस्नेत!!!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .