ad ad

राजनीति


विनोदविक्रम केसी भन्छन् : सिंगो व्यवस्थाले त तह लाउन सकेन खगेन्द्र संग्रौलालाई, महेश बस्नेत!!!

विनोदविक्रम केसी भन्छन् : सिंगो व्यवस्थाले त तह लाउन सकेन खगेन्द्र संग्रौलालाई, महेश बस्नेत!!!

फाइल तस्बिर : क्रमशः एमाले नेता महेश बस्नेत, लेखक खगेन्द्र संग्रौला र कवि विनोद विक्रम केसी।


नेपालखबर
साउन ११, २०७८ सोमबार ११:४१,

कवि विनोद विक्रम केसीले वरिष्ठ लेखक एवं नागरिक अगुवा खगेन्द्र संग्रौलालाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीको भर्त्सना गरेका छन्। 

लेखक संग्रौलाले नेता बस्नेतले आफूलाई साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि कवि केसीले त्यसप्रति घोर विरोध जनाएका हुन्। 

कवि केसीले पनि सामाजिक सञ्जालमार्फत नै नेता बस्नेतलाई धम्की नदिन चेतावनी दिएका हुन्।  

‘पञ्चायतको खुंखार सिपाही चितवनको सीडीओ रामकृष्ण पन्तले कुनै बेला लेखक खगेन्द्र संग्रौलालाई भनेको थियो- म विष्णुको विरोधीमाथि एक्सन लिन्छु। अर्थात्, तँ राजाविरोधीलाई म मार्छु’, केसीले फेसबुकमा लेखेका छन्, ‘सर्प र बिच्छीहरूको जंगल’ छिचोलेर संग्रौला यहाँसम्म आइपुगेका हुन्। आज बागी र प्रतिरोधी जनको पर्वत–प्रतिमान भएका छन्, सामान्य जनको आफ्नो लेखक भएका छन्। र, ग्याङस्टरभन्दा उपल्लो हैसियत नभएको कोही भन्छ- ‘खगेन्द्र संग्रौलालाई तह लाउँछु।’ 

उनी अगाडि लेख्छन्, ‘सिंगो व्यवस्थाले त तह लाउन सकेन, खगेन्द्र संग्रौलालाई। महेश बस्नेत!!!’ 

‘विचार-चेतना–प्रज्ञाद्वेषीले जान्ने भाषा यही एउटा हो- तह लाउनेवाला भाषा’, उनले भनेका छन्, ‘हामी यसको भर्त्सना गर्छौं।’

यो पनि : ​महेश बस्नेतले दिए खगेन्द्र संग्रौलालाई ‘तह लगाउने’ धम्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .