ad ad

राजनीति


गठबन्धन सरकारबाट जनतामा धेरै आशा छैन : कमल थापा

गठबन्धन सरकारबाट जनतामा धेरै आशा छैन : कमल थापा

नेपालखबर
साउन ६, २०७८ बुधबार १५:२९,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धन बाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन्।

शान्ति, स्थिरता र समृद्धिको जनताको आशा बिपरित धर्मपरिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार ब्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश ब्याप्त रहेको बताए। 

आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले  गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गरे।

कांग्रेस कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नीतिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले  कांग्रेस कम्युनिस्टको विकल्प राप्रपा मात्र हुन सक्ने बताए। आन्तरिक विग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा कांग्रेस कम्युनिस्टकै वैचारिक लाइनमा हिँडेकोले मुलुकले वैकल्पिक शक्ति खोजिरहेको थापाको कथन थियो।

नयाँ सरकारप्रति विश्वासको वातावरण नभएको जनतामा चरम वितृष्णा र असन्तोष भएको उनको भनाई थियो। महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न थापाले जिल्लाका कार्यकर्ताहरुलाई निर्देशन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .