ad ad

राजनीति


जनताको तागतले प्रतिगमन परास्त भयो : प्रचण्ड

जनताको तागतले प्रतिगमन परास्त भयो : प्रचण्ड

नेपालखबर
साउन ६, २०७८ बुधबार ८:३५,

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको शक्तिले प्रतिगामी तत्वहरू परास्त भएको बताएका छन्।

बकर इद पर्वको अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले जनताको तागतका अगाडि प्रतिगामीहरू परास्त भएको बताएका हुन्।

‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीबाट हमला गर्ने काम भए,’ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो। तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भएका छन्।’

उनले प्रतिगामी तत्वले कटौती गरेको जनताको अधिकारको पुनर्बहाली भइरहेको पनि बताएका छन्। उनले आज परेको इद पर्वलाई कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन  पनि आग्रह गरेका छन्। 

जनताको एकताको बलमा राजनीतिक र सामाजिक परिवर्तनहरू भएको  चर्चा गर्दै प्रचण्डाले सन्देशमा भनेका छन्, ‘वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो। नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो।’

जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि पनि प्रचण्डले आव्हान गरेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .