ad ad

राजनीति


स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल

स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल

नेपालखबर
साउन ४, २०७८ सोमबार १७:५५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल बढुवा भएका छन्। 

बढुवा सिफारिस समितिले मन्त्रिपरिषद्लाई तीन जनाको नाम सिफारिस गरेको थियो। आज बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सचिवमा बढुवा गरेको हो। 

सिफारिस समितिले स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरू डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।

बढुवा भएपछि नेपालखबरसँग संक्षिप्त कुरा गर्दै पोखरेलले आफ्नो क्षमताको कदर गर्दै सचिवमा बढुवा गरेकोमा सरकारलाई धन्यवाद दिए। चुनौतीपूर्ण समयमा आफ्नो बढुवा भएको भन्दै उनले कोभिड नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित हुने बताए।

स्वास्थ्य मन्त्रालयमा २०७६ पुस २१ गतेदेखि सचिव डा पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त थियो। ​स्वास्थ्यको प्रशासन तर्फ भने हाल सचिवका रुपमा लक्ष्मण अर्याल कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .