राजनीति


सत्तासँग डराए ओली, भने : कांग्रेसले कति दमन गर्छ भन्ने हामीलाई थाहा छ

फेरि ठूलो पार्टी भएर आउने दाबी
सत्तासँग डराए ओली, भने : कांग्रेसले कति दमन गर्छ भन्ने हामीलाई थाहा छ

नेपालखबर
काठमाडौँ, साउन ४

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०४७ सालको राजनीतिक परिवर्तनपछि जस्तै सत्तारुढ नेपाली कांग्रेस दमनमा उत्रिन सक्ने दाबी गरेका छन्। ललितपुरको च्यासलमा सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा ओलीले कांग्रेस फेरि आफूहरुमाथि दमनमा उत्रिन सक्ने आशंका गरेका हुन्। 

२९४८ सालपछि बनेको कांग्रेस नेतृत्वको सरकारले एमाले नेता कार्यकर्तामाथि अनेक आरोप लगाएर दमन गरेको पनि उनले स्मरण गरेका छन्। 'हिजो हामीमाथि लगाइएका आरोप सत्ताको बलमा फेरि थोपरिन सक्छन्', ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति इंगित गर्दै भने, '२०४८ सालपछि कांग्रेसले देशभरी हाम्रा ३० हजार नेता कार्यकर्तामाथि झूटा मुद्दा लगाएको थियो। यस पटक पनि त्यही अवस्था आउन सक्छ।'

२०४८ सालपछि भएको दमन जस्तै व्यवहार कांग्रेस नेतृत्वको सरकारले दोहोर्‍याएका सशक्त प्रतिवादमा उत्रिने ओलीले बताएका छन्। 'यस पटक पनि यदि हाम्रो बेइज्जती गर्ने, झूटा मुद्दा लगाउने जस्ता काम भएमा सुरुदेखि नै यसको प्रतिवाद गर्नेछौँ', उनले अगाडि भने, 'हामी चाहन्छौँ फेरि त्यस्तो नहोस्।'
उनले कांग्रेसले कतिसम्म दमन गर्न सक्छ भन्ने कुराको हेक्का आफूहरुलाई रहेको पनि बताए। 'कांग्रेसले कतिसम्म दमन गर्छ भन्ने हामीलाई थाहा छ', ओलीले बैठकमा सम्बोधनका क्रममा भने, 'त्यसैले हामी सबै नेता कार्यकर्ता जुझारु ढंगले जानुपर्छ, तयार हुनुपर्छ।'

फेरि ठूलो पार्टी ! 

ओलीले बैठकलाई सम्बोधन गर्दै एमाले फेरि पनि ठूलो पार्टी भएर आउने दाबी पनि गरे। 'अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि अझै हामी ठूलो पार्टी छौँ', ओलीले अगाडि भने, 'जनतामा गएर हामी फेरि आउँछौँ। आजैदेखि तयारी थालौँ। अलिकति प्रतिकूलताले फरक पार्दैन।' 

साउन ४, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .