ad ad

राजनीति


हाम्रो बटमलाइन– अदालतको फैसलालाई प्रभावित गर्ने काम र हस्ताक्षर फिर्ता गरिन्न: नेपाल

हाम्रो बटमलाइन– अदालतको फैसलालाई प्रभावित गर्ने काम र हस्ताक्षर फिर्ता गरिन्न: नेपाल

नेपालखबर
असार २६, २०७८ शनिबार १८:०,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले सर्वाेच्च अदालतको फैसलालाई प्रभावित पार्नेगरी कुनै काम गर्न नहुने बताएका छन्। 

पार्टी एकीकरणका लागि छलफल गरिरहेका आफूनिकट कार्यदलका सदस्यहरूसँग कोटेश्वरमा भेटेपछि नेपालखबरसित कुरा गर्दै वरिष्ठ नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने र सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नहुने बताए।

‘अहिले हाम्रो दुईवटा बटमलाइन हो,’ नेता नेपालले भने, ‘सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने कुनै काम गर्नु हुँदैन, सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता हुँदैन।’ 

गत सोमबारदेखि लगातार छलफल गरेर सहमति नजिक पुग्यौं भनेका कार्यदलका सदस्यहरू सहमतिको मस्यौदा देखाउन नेता नेपालसमक्ष गएका थिए। उनलाई भेट्नुअघि कार्यदल सदस्यहरूले आआफ्ना समूहमा छलफल गरेका थिए।

उनीहरू नेपाललाई भेटेर फर्किएपछि अहिले अर्थमन्त्रालय सिंहदरबार कार्यदलको बैठक बसिरहेको छ।

यसअघि शनिबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि नेपालसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी गठबन्धनमा रहेको नेपाल समूह शक्ति सन्तुलनमा निर्णायक अवस्थामा छ।

त्यसैले सोमबार अदालतको फैसला आउनुअघि नै नेपाल समूहसँग एकता गरेर प्रतिनिधि सभामा आफूहरूको उपस्थिति बलियो बनाउने तयारी ओलीको छ।

यस्तै देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालत पुगेको विपक्षी गठबन्धन पनि नेपाल समूहबिना सरकार बनाउन सक्ने अवस्थामा छैन। त्यसैले अहिले विपक्षी गठबन्धनले नेता नेपाल र एमालेको ओली समूहले कार्यदलका अरू सदस्यमार्फत आआफ्ना समूह बलियो बनाउनेगरी संवाद गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .