ad ad

फोटोफिचर


सरकारी खसीबोका र च्यांग्राकाे बिक्री सुरु (फोटोफिचर)


प्रविन कोइराला
असोज १३, २०७६ सोमबार ८:३५,

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंको अवसर परेर खसी बोका तथा च्याङ्ग्रा बिक्री सुरु गरेको छ। जिउँदो खसी बोकाको मूल्य पाँच सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ भने च्याङ्ग्राको मूल्य सात सय ३० रुपैयाँ तोकिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी गराए।

उनका अनुसार खसीबोकाको मूल्य पाँच सय ६० रुपैयाँ निर्धारण गरिए पनि दशैंको अवसरमा सहुलियत दरमा सर्वसाधारणलाई वितरण गर्न प्रतिकिलो १० रुपैयाँ छुट गरेको जानकारी गराए। त्यस्तै च्याङ्ग्राको पनि सात सय ४० रुपैयाँमा १० रुपैयाँ छुट गरी वितरण सुरु गरिएको जानकारी गराए। च्याङ्ग्रा र खसीबोका गरेर कम्पनीले तीन हजारवटा बिक्रीवितरण गर्ने भएको छ।

आज अर्थात् सोमबारदेखि बिक्री सुरु भएकोमा तीन हजारवटा नसकिन्जेलसम्म बिक्री निरन्तर हुनेछ। थापाथलीस्थित कम्पनीको कार्यालयबाट बिक्री वितरण भइरहेको छ। उपत्यकालगायत आसपासमा दशैं अवधिमा ५० हजार खसीबोका आवश्यक पर्ने भए पनि सरकारी संस्थानले तीन हजारवटा बिक्री गर्दा बजार हस्तक्षेप नहुने भए पनि मूल्य निर्धारण र मूल्य स्थिर बनाउन सहयोग हुने गौचनको भनाइ छ।

त्यस्तै सरकारले ल्याएको खसीबोका तथा च्याङ्ग्रा भेटनरी डाक्टरबाट निरन्तर चेकजाँच भइरहेको र स्वस्थ रहेको मात्रै विक्रीवितरण हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .