सरकारले आजदेखि देशैभर चीनबाट प्राप्त भेरोसिल खोप लगाउन सुरु गरेको छ। काठमाडौंमा ६० वर्षदेखि ६५ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ।
काठमाडौं महानगरले विभिन्न ३२ स्थानमा खोप केन्द्र तोकेको छ। चीनले नेपाल सरकारलाई सहयोग स्वरुप १० लाख डोज खोप उपलब्ध गराएको थियो।
खोप लगाउन खोप केन्द्रमा जाँदा आफ्नो परिचयसहित उमेर खुल्ने कागजपत्र लैजानु पर्छ।
प्रतिक्रिया