दसैँतिहार जस्ता चाडपर्वमा पिङ बनाउने र खेल्ने नेपालीको परम्परा हो।
नेपालका गाउँघरमा दसैँमा टिका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने मान्यता छ।
यसले गर्दा पनि दसैँको बेलामा पिङको महत्त्व छुट्टै छ।
तर, पछिल्लो समय धेरै ठाउँमा यो परम्परा हराउँदै गएको देखिन्छ। कतिपय स्थानका जागरुकले भने आफ्नो रीतिरिवाजलाई धानिरहेको पनि देखिन्छ।
नेपालखबरले यस्तै धानिएको परम्परालाई पछ्याउँदै काठमाडौँको शंखरापुर नगरपालिका कात्तिकेमा पुगेर लिङ्गेपिङमा रमाइरहेका सर्वसाधरणको तस्बिर कैद गरेको थियो।
36
Shares
प्रतिक्रिया