ad ad

फोटोफिचर


संसद् भवनभित्रका ‘रोचक’ दृश्य (फोटो फिचर)


नेपालखबर
साउन २८, २०७९ शनिबार ९:५१, काठमाडौँ

संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ। सासंदहरूले​ अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ। यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै, साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्य।

तानातान, ठेलमठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौला होइनन्। आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसक्यो। तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ। किनभने नीति–नियम, बनाउने ठाउँ र बनाइरहेका व्यक्तिका हरेक क्रियाकलाप चासोको विषय हुन्छन्। 

यस्ता दृश्यले कौतुहल र मनोरञ्जन भने दिएका हुन्छन् नै। संसदका कतिपय दृश्यले कमेडी चलचित्रका दृश्यलाई समेत माथ खुवाउँछ। एकातिर संसदीय विषयमा छलफल र अर्कातिर पछाडि बेन्चमा बसेर सांसद  गफिएका देखिन्छन्। कोही फोनमा व्यस्त त कोही निदाइरहेका। यस्ता दृश्यले बाल्यकालमा विद्यालयको पठनपाठनका बेलाको याद दिलाउँछ। आरोप÷प्रत्यारोपको व्यंग्य त छँदै छ तर अर्कातिर भने संसदीय मर्यादालाई नै सांसदका गतिविधिले व्यंग्य गरेको दृश्यको रोचकता संसदमा नै देख्न सकिन्छ। संसद बैठकका धेरै समय कुर्सीहरू खाली नै हुन्छन्। सांसदहरू फोन र गफमा व्यस्त अनि निद्रामा मस्त। 

न्युज एजेन्सी नेपालका फोटोग्राफरहरूले शुक्रबार संसदभित्र भएका सांसदका गतिविधिलाई कैद गरेका छन्। संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठकमा देखिएका यिनै रोचक दृश्य आजको फोटो फिचरमा –

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .