त्रिवि मैदानको दुरवस्था र एसीसीको स्वीकृति नआइसकेकाले नेपालले बिहीबारसम्म पनि औपचारिक तयारी गर्न पाएको छैन।
बिहीबारबाट मात्रै नेपालले घाँस काट्दै गरेको मैदानमा राखेपको सहयोगमा अनौपचारिक तयारी सुरु गरेको छ। एसीसीले भने अगष्ट १२ तारिखबाट मात्रै बन्द प्रशिक्षक राख्न स्वीकृति दिएको छ।
बलिया टेस्ट राष्ट्रहरुसँग खेल्नुपर्ने तथा एकदमै छोटो तयारीका बाबजुद पनि नेपाली युवा टोलीका प्रशिक्षक विनोद दास अप्ठ्यारो अवस्था पार गरेर नै च्याम्पियन बनिने बताउँछन्।
उनी भन्छन्, ‘हामीलाई थाहा छ हामी बलिया प्रतिद्वन्द्वीहरुसँग खेल्दैछौं। हामीले विगतमा हामीभन्दा बलिया प्रतिद्वन्द्वीहरुलाई पराजित गरिसकेका छौं। हामी त्यही जोस लिएर जान्छौं। अप्ठ्यारो अवस्थामा छौं। तर, च्याम्पियन बन्न अप्ठ्यारो अवस्थालाई पार गर्नैपर्छ र हामी गर्छौँ पनि।’
साउन २३, २०७६ बिहिबार १२:९
प्रतिक्रिया