छापा खबर


सीलाई स्वागतका लागि सजावटमा मात्रै २० करोड खर्च

सीलाई स्वागतका लागि सजावटमा मात्रै २० करोड खर्च

नेपालखबर
असोज २६, २०७६ आइतबार १:५५,

छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणलाई लक्ष्य गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ।

नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ।

अस्तव्यस्त तीनकुने पार्कको बाहिर फू र बिरुवा रोपिएको छ। विमानस्थल–तीनकुने–वानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ। यो खबर आजको कारोबार दैनिकमा छापिएको छ।

सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad