ad ad

छापा खबर


३३ किलो सुन प्रकरणः यी पाँच न्यायाधीशविरुद्ध भयो कारबाही सिफारिस

३३ किलो सुन प्रकरणः यी पाँच न्यायाधीशविरुद्ध भयो कारबाही सिफारिस

नेपालखबर
असार ४, २०७६ बुधबार ०:२६,

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशविरुद्ध कारबाही सिफारिस गरिएको छ।

उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत (विराटनगर)का तत्कालीन पाँच न्यायाधीशविरुद्ध कारबाही सिफारिस गरिएको हो।

‘प्रतिवेदनको पोको खोलियो। अध्ययन गर्दा दुई जनाको अवस्थामा गम्भीर खालकै छ। तीन जनालाई स्पष्टीकरण सोधेर केही न केही गर्नुपर्ने देखिएको छ,’ न्याय परिषद्का एक पदाधिकारीले भने, ‘एकजनलाई सचेत गर्नुपर्ने हुनसक्छ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा यम विरहीले लेखेका हुन्।

सुन तस्करीका अभियुक्तको सुनुवाइ प्रकरणमा संलग्न उच्च अदालत (विराटनगर)का तत्कालीन मुख्य न्यायाधीश डा. कुलरत्न भूर्तेल, न्यायाधीहरू नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटालाई परिषद्मा तानिएको थियो। यीमध्ये न्यायाधीश कर्ण र पौडेल अवकाश भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .