ad ad

छापा खबर


यी हुन् काठमाडौँ उपत्यका नजिकैका प्रमुख हाइकिङ गन्तव्य

यी हुन् काठमाडौँ उपत्यका नजिकैका प्रमुख हाइकिङ गन्तव्य

नेपालखबर
असार २, २०७६ सोमबार २:३७,

हाइकिङ जाने सहरियाहरुको जमात आजकल बढ्दो छ।

शरीर र मन दुबैलाई रिफ्रेस गराउन हरेक शनीबार प्रायः युवा काठमाडौँ उपत्यकावरपरका डाँडातिर लाग्छन्।

शारीरिक करसत र रमाइलोका लागि गरिने एकदिने हाइकिङ स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उपत्यका वरपर धेरै हाइकिङ ट्रेल छन्। सहरबाट बिहान निस्केर हाइकिङ गरिसकेर बेलुका घर फर्कन सकिन्छ।

शिवपुरी चर्चित हाइकिङ टे«ल हो। शिवपुरीको अधिकतम उचाई २५ सय ६३ मिटर छ।

उपत्यकाको सबैभन्दा अग्लो डाँडो हो, फुलचोकी। यो २७ सय ६५ मिटर अग्लो छ।

उपत्यकाको दक्षिण पश्चिममा रहेको चम्पादेवी डाँडो काठमाडौँ र मकवानपुर जिल्लाको सीमाना हो। यसको उचाई २२ सय ८५ मिटर छ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हाइकिङ स्थल छ। यसको अधिकतम उचाई २१ सय २८ मिटर छ।

चन्द्रागिरी चर्चित हाइकिङ टे«लमध्येमा पर्छ। यसको अधिकतम उचाई २४ सय ७५ मिटर छ। चन्द्रागिरीबाट सगरमाथा, मकालु, कञ्चनजंघा, मनास्लुलगायतका हिमाल देखिन्छन्।

ललितपुरको लाँकुरीभन्ज्याङ १९७७ मिटर उचाईमा छ। यहाँबाट उपत्यकाका तीनवटै सहरका दृष्य देख्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .