छापा खबर


हचुवमाा ४६ हजार शिक्षकको दरबन्दी थप्दै सरकार

हचुवमाा ४६ हजार शिक्षकको दरबन्दी थप्दै सरकार

नेपालखबर
असार २, २०७६ सोमबार ०:२३,

विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार दरबन्दी थप्न लागेको खबर आजको अन्नपूर्ण पोस्टमा सूर्यप्रसाद पाण्डेले लेखेका हुन्।

कक्षा १ देखि १० सम्म पढाउन ०६० सालदेखि राहत दरबन्दीमा ४० हजार र कक्षा ११ र १२ मा पढाउन अनुदान कोटामा नियुक्त ५ हजार ९ सय ५९ जना शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्न लागिएको हो।

शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिए राज्यलाई वार्षिक थप १ अर्ब ५० करोड व्ययभार पर्नैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .