ad ad

छापा खबर


गाउँपालिकामा उपाध्यक्षले झुन्ड्याइन् आफ्नै श्रीमानको फाेटाे, पति ठूलो कि राष्ट्रपति?

गाउँपालिकामा उपाध्यक्षले झुन्ड्याइन् आफ्नै श्रीमानको फाेटाे, पति ठूलो कि राष्ट्रपति?

नेपालखबर
भदौ १८, २०७६ बुधबार ४:४३,

कपिलवस्तुको शुद्धोधन गाउँपालिका कार्यालयमा ‘मोस्ट वान्डेट’ को तस्बिर झन्ड्याइको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका उनी हुन्, प्रितम पाण्डे।

उनको फोटो गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेले आफ्नो कार्यकक्षमा राखेकी हुन्। प्रितम सुधाका श्रीमान् हुन्। बिठुवाका पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतले ३ मुद्दामा ११ वर्षभन्दा बढी कैद सजाय तोकेको छ। अन्य ४ हत्या र डाँका चोरी अपराधका फरा हुन् उनी।

प्रदेश सरकारले जनप्रतिनिधिको कार्यकक्षमा राष्ट्रपति तथा सम्बन्धित प्रदेशका मुख्यमन्त्रीको तस्बिर राख्न पत्राचार गरेको छ। गाउँपालिका अध्यक्ष निसारअहमद खाँले भने कार्यकक्षमा कसैको तस्बिर राखेका छैनन्।

उपाध्यक्ष पाण्डेले श्रीमानकै तस्बिर राख्दा कार्यालयमा जानेहरू अचम्ममा पर्छन्। पाण्डे २०४८ सालदेखि फरार छन्। उपाध्यक्षले प्रितमलाई गाउँपालिकाको सल्लाहकारसमेत राखेकी छन। यो खबर आज भदौ १८ गते प्रकाशित जनआस्थामा छ।

प्रितमको डरले गाउँपालिका अध्यक्ष बोल्दैनन्। उपाध्यक्षले भने गाउँपालिकाको सल्लाहकार भएकाले तस्बिर राखेको र कुनै हालतमा नहटाउने बताइन्। उनले श्रीमानकै कारण चुनाव जितेकी हुन्। फरार रहे पनि श्रीमान चुनावका बेला रातारात प्रचारमा खटिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .