कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ।
नगरपालिकाले भेटघाटलाई शिष्ट बनउन मर्यादिन पोसाक लगाएर आउन अनुरोध गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
हाफ पाइन्ट तथा भड्किला लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना गर्नुपरेको मेयर रमेश महर्जनले बताए।
‘चिनजानका मान्छेहरु जुनसुकै समयमा र जस्तोसुकै पोसाकमा आउँछन्,’ उनले भने, ‘भेट्ने सयम र पोसाक दुबैलाई मर्यादित बनाउन नियम बनाएका हौँ।’
प्रतिक्रिया