प्रकाश सपुतको ‘गलबन्दी...’ नसुन्ने को होला र! १५ दिनमै युट्युवमा एक करोड भ्युज बटुलेर यो गीतले नयाँ रेकर्ड राख्यो। युट्युबको नेपाल ट्रेन्ड्रिङमा अझै अग्रस्थानमा छ।
बच्चादेखि बृद्धबृद्धा, दूरदराजदेखि नेपाली डायस्पोरासम्म रुचाइएको छ। तर यस गीतलाई चोरीको बात लागेको छ। उक्त ओरिजिनल गीत हो, ‘आऊ नाचौँ साथी हो...।’ गायक चाहीँ शम्भु राई।
पुराना सर्जक राईको गीत बिनाक्रेडिट गायपछि प्रकाशको आलोचना हुन थालेको छ। यो खबर आजको नेपाल साप्ताहिकमा गोकर्ण गौतमले लेखेका छन्।
यही कारण स्टेज सो घट्ला भन्ने चिन्ता पनि छ। समाजिक सञ्जालमा प्रतिक्रिया आउन थालेको छ, ‘चोरेर त जो पनि हिट हुन सक्छ नि!’ सपुतलाई चिनाउने दोहोरी ब्याटल पनि कपीको आरोपबाट मुक्त थिएन। नारायणगोपालको ‘बैनीको दया छ भने...’ गीतसँग मिल्दोजुल्दो छ। मेलोडी खास फरक छैन।
यत्ति हो, सपुतले आधुनिक शैलीमा ढालेका छन्। केही सर्जक र दर्शक–श्रोताले यो कुरा उठाए पनि त्यत्तिकै सेलाएको थियो। कपि–प्रभावित भएको गीतको सहारामा हिट हुने सपुत पहिलो गायक होइनन्। कालिप्रसाद बाँस्कोटा, टंक बुढाथोकी, अल्मोडा राना उप्रेती लगायतका सर्जकलाई पनि यस्तो आरोप लागेका छ।
प्रतिक्रिया