ad ad

छापा खबर


अब सडक खोल्न इन्जिनियरिङ अध्ययन अनिवार्य

अब सडक खोल्न इन्जिनियरिङ अध्ययन अनिवार्य

नेपालखबर
साउन २६, २०७६ आइतबार २३:४८,

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले इन्जिनियरिङ अध्ययनबिना सडकको ट्र्याक नखोल्न सरकारलाई निर्देशन दिएको छ।

समितिको आइतबार बसेको बैठकले जथाभाबी सडक ट्र्याक खोल्ने प्रवृत्तिले बाढीपहिरोसँगै वातावरणीय विनाश बढेको र राज्यको अर्बौं रकम दुरुपयोग भएको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो।

समिति सदस्यहरूले बिनाअध्ययन सडक ट्र्याक खोल्ने कार्यले बाढी–पहिरोजस्ता विपद् निम्त्याएकाले आगामी दिन यस्तो कार्य हुन नदिन सरकारलाई आग्रह गरे । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

बैठकले निर्माणाधीन सडकमा वर्षामा आउने बहावको आँकलन गरी कल्भर्ट र ‘क्रस ड्रेनेज’ को व्यवस्था मिलाएर मात्र निर्माण कार्य अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले आसन्न दसैं, तिहार, छठ, ल्होसार, इदलगायत चाडपर्वलाई मध्यनजर गरी हालैको बाढीपहिरोबाट क्षति पुगेका सडक र पुल प्राथमिकतासाथ मर्मत गरी नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .