बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री परिणिती चोपडाको फिल्म ‘जबरिया जोडी’ लाई बिहार र उत्तर प्रदेशमा प्रदर्शन नगर्न गुन्डाहरूको चेतावनी आएको छ।
प्रदर्शनको तयारीमा रहेको यो फिल्मले अरू राज्यमा प्रचार गरे पनि बिहार र उत्तर प्रदेशमा कलाकारहरू प्रचारमा जान सकेका छैनन्।
यी दुई प्रदेशका अपहरणकारी गिरोहले कलाकारलाई धम्की दिएपछि उनीहरू डराएका हुन्। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।
बिहार र उत्तर प्रदेशमा जारी अपहरण पनि सम्पत्ति असुली प्रकरणमा यो फिल्म केन्द्रित छ।
प्रतिक्रिया