ad ad

छापा खबर


परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोेरोना

 परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोेरोना

नेपालखबर
असोज १८, २०७७ आइतबार १:२३,

शनिबार नेपालमा थप दुई हजार १ सय २० व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। एक दिनअघि दुुई हजार ७ सय २२ जनामा कोरोना देखिएको थियो।

परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना देखिएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १२० जनामा सङ्क्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८४ हजार ५७० पुगेको र हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .