ad ad

छापा खबर


सामूहिक बलात्कारपछि १५ वर्षीया किशोरीलाई गाउँ निकाला, पेटमा दुई महिनाको गर्भ

सामूहिक बलात्कारपछि १५ वर्षीया किशोरीलाई गाउँ निकाला, पेटमा दुई महिनाको गर्भ

नेपालखबर
जेठ ७, २०७७ बुधबार १:३४,

विभिन्न ठाउँमा बलात्कार भइरहेका घटना त हाम्रो आँखा अगाडि नै देखिन्छन्, सुनिन्छन्।

बलात्कारपछि न्याय नपाएको कुरा पनि समाजमा विद्यमान छ। तर, मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोरी बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडिकलाई कुनै सजाय नै भयो।

बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो। र, ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरिएको खबर आजको राजधानी दैनिकमा इटहरीबाट विवेक विवश रेग्मीले लेखेका छन्।

मोरङको बुढीगंगा गाउँपालिका ७ की १५ वर्षीया किशोरीमाथि दुई महिना अघि ५ जनाले सामूहिक बलात्कार गरे।

घटनापछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए। तर, बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडित किशोरीकी आमाले बताइन्।

‘केटाहरुका आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ उनले आँखाभरी आँसु पार्दै भनिन्, ‘अहिले इटहरीमा कोठा भाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ।’

उनका अनुसार किशोरीको पेटमा अहिले दुई महिनाको बच्चा छ। ‘बच्चा पेटमा हुर्किरहेको छ, छोरी केही पनि खाँदिन,’ उनले भनिन्, ‘मानसिक रुपमा कमजोर हुँदै गएको अवस्था छ, बस्दै गरेको ठाउँ नै छाड्नु पर्ने अवस्था आयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .