ad ad

छापा खबर


कोरोनाबाट जोगिन धारा नछोई साबुनपानीले हात धुने व्यवस्था

कोरोनाबाट जोगिन धारा नछोई साबुनपानीले हात धुने व्यवस्था

नेपालखबर
बैशाख १४, २०७७ आइतबार २:०,

कीर्तिपुर महानगरपालिकाका विभिन्न सात स्थानमा स्पर्शरहित हात धुने स्टेसन जडान गरिएको छ। ती स्थानमा हातले धारा नछोई साबुनपानीले हात धुन सकिन्छ।

कीर्तिपुर प्रवेशद्वार, कीर्तिपुर नगरपालिकाले कार्यालय भवनअगाडि र फोहोरमैला प्रशोधन केन्द्र, नयाँ बजारअगाडि जडान गरिएको खबर आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेकी छन्।

त्यस्तै पाँगा दोबाटो, नगाउँ दोबाटो, ढोकासी टोलमा पनि हात धुने स्टेसन जडान गरिएको कीर्तिपुर नगरपालिकाले जनाएको छ। कोरोना भाइरसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय साबुनले कम्तीमा २० सेकेन्ड मिचीमिची हात धुनु रहेको छ।

तर भाइरस विभिन्न सतहमा तीन दिनसम्म बाँच्न सक्ने भएकाले धाराको नलजस्ता सतह सङ्क्रमित भई भाइरस सर्नसक्ने सम्भाव्यतालाई न्यूनीकरण गर्न स्पर्शरहित हात धुने स्टेसन स्थापना गरिएको स्टेसन जडानको प्राविधिक सहयोगी संस्था गुथीले जनाएको छ।

यस स्टेसनमा खुट्टाले प्याडल दबाएपछि धाराबाट पानी झर्ने र छोडेपछि बन्द हुने भएकाले हातले धारा छुनु पर्दैन। स्टेसन जडानपछि आगामी तीन महिनासम्म दिनहँु पानी भर्ने र झोल साबुनको व्यवस्था गर्ने जिम्मा गुथीले गर्ने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .