छापा खबर


बिएन्डसी अस्पतालले झाडा पखाला लागेका बालकलाई गेटबाटै फर्कायाे

बिएन्डसी अस्पतालले झाडा पखाला लागेका बालकलाई गेटबाटै फर्कायाे

नेपालखबर
चैत १८, २०७६ मंगलबार १:१९,

झापाको अर्जुनधारा-११ का अजित भारतीका डेढ वर्षीय छोरा आश्विनलाई लामो समयदेखि ज्वरो आएको थियो।

यो त्यतिवेलाको कुरा थियो, जतिवेला निजी अस्पतालले नाफाका लागि बिरामी तानातान गर्थे । लामो समय अस्पताल बसेपछि बालकको स्वास्थ्य सुधार भयो र उनलाई घर लगियो।

तर, पछिल्लो समय बान्ता आउने र पखाला चल्ने भएपछि परिवारले बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍यायो । तर, डाक्टर नभएको भन्दै अस्पतालले फर्काइदियो।

‘त्यहाँबाट फर्किएपछि हामीले बी एन्ड सी लग्यौँ । त्यहाँ त झन् गेटबाटै खेदयो । पखाला लागेको छ र बच्चा सिकिस्त छ भनेर हारगुहार गर्दा पनि अस्पताल प्रशासनले भर्ना गर्न मानेन । बिरामीका आफन्त कोषराज कटुवालले भने, ‘अहिले क्लिनिकबाट औषधी ल्याएर घरमै उपचार गरिरहेका छौँ।’

देशमा कोरोनाको सन्त्रास बढेयता निजी अस्पतालले बिरामीलाई गेटबाटै फर्काउने गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

छिमेकीको घरमा लड्दा कन्काई नगरपालिका–१ का चित्रबहादुर दर्जी अचेत भए । उनलाई पनि बिएन्डसी अस्पताल लगिएको थियो । तर, बिरामी अचेत छन् भनेर याचना गर्दा पनि अस्पतालले गेट खोल्न मानेन।

उनका आफन्त गेटमै विलखबन्दमा थिए । कतिसम्म भने मेची अस्पतालले समेत उनीहरूको पीडा सुनेन।

त्यसैगरी, पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकका २० वर्षीय दामोदर कुमाल अस्पतालले उपचार नगरिदिएपछि दुई दिनदेखि घरमै थलिएर बसेका छन्।

आइतबार उनलाई एक्कासि ज्वरो आयो । परिवार आत्तिए, किनभने ९ चैतमा मात्रै उनी भारतबाट घर फर्किएका थिए । उनकी आमाले बगनासकाली स्वास्थ्य संयोजक मनिराम अधिकारीलाई जानकारी गराएर छोराको उपचारमा सहयोग गर्न भनिन्।

अधिकारीले तानसेनको युनाइटेड मिसन अस्पतालमा फोन गरे । तर, अस्पतालले ज्वरो आएको बिरामीलाई ल्याउँदै नल्याउन भन्यो।

अधिकारीले भने, ‘मैले अस्पतालमा फोन लगाएँ, ज्वरोको बिरामी ल्याउन लागेको बताएँ । तर, यहाँ ल्याउँदै नल्याउनु, हामी हेर्न सक्दैनौँ भन्ने जवाफ दिए।’

परिवार झन् आत्तियो । त्यसपछि एम्बुलेन्समा तानसेनकै लुम्बिनी मेडिकल कलेज पुर्‍याए । अस्पतालपरिसर पुगेपछि आमा सावित्रा एम्बुलेन्सबाट झरेर सीधै इमर्जेन्सीमा पुगिन्।

नर्सलाई छोराको समस्या सुनाइन् । तर, त्यहाँ पनि व्यवहार राम्रो भएन । ‘होइन, होइन बिरामीलाई एम्बुलेन्सबाट झार्दै नझार्नुस् । हामी बाहिरै हेर्छौँ,’ नर्सको भनाइ उद्धृत गर्दै सावित्राले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad