ad ad

छापा खबर


मास्कमा मनपरी, ६ गुणासम्म मूल्यवृद्धि

मास्कमा मनपरी, ६ गुणासम्म मूल्यवृद्धि

नेपालखबर
फागुन १५, २०७६ बिहिबार २३:५८,

बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् । यसका लागि उनले २ सय रुपैयाँ तिरिन्।

तर करिब एक महिनाअघि भने उनले त्यति नै परिमाणको मास्क ४० रुपैयाँमा किनेकी थिइन्। अहिले उनले प्रतिगोटा २० रुपैयाँ बढी तिर्नुपर्‍यो। फार्मेसीमा पेपर मास्क नपाएपछि फुटपाथ पसलबाट किनेको उनको भनाइ छ।

‘अरू बेला प्रतिगोटा ५ रुपैयाँमा मास्क किनिन्थ्यो। अहिले त्यसलाई २५ रुपैयाँ तिर्नुपर्‍यो,’ उनले भनिन्।

खुद्रामा प्रतिगोटा ५ र १० रुपैयाँमा पाइने साधरण मास्क अहिले उपभोक्ताले २५ देखि ३० रुपैयाँसम्म तिर्नुपरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

मास्कको सटेज हुन थालेदेखि केही फार्मेसीले बिक्री नगरेको र केहीले थोक मूल्य नै बढेर आएपछि त्यहीअनुसार बिक्री गरेको बताएका छन्। महिना दिनदेखि मास्क बेच्न छोडिसकेको न्युरोड गेटस्थित न्युरोड फार्मेसीका सञ्चालक मन्दिर श्रेष्ठले बताए। अहिले पेपर मास्क छाडी कपडाको मास्क बिक्री गरिरहेको उनले सुनाए।

‘नेपाली उद्योगले बनाएका कपडाको कटन मास्क प्रतिगोटा १ सय रुपैयाँमा बिक्री गर्दै छौं,’ उनी भन्छन्, ‘पहिला तीन तहको फिल्टर भएको मास्क ५ रुपैयाँ र ४ तहको फिल्ट र भएको १० रुपैयाँमा बिक्री गर्थ्यौं।’

कोरोना भाइरसको संक्रमणले मास्क सटेज हुन थालेयता माग बढे पनि महँगोमा बिक्री नगरेको उनको भनाइ छ। अहिले दिनमा एक सयभन्दा बढी ग्राहक मास्क किन्न आउने गरेको उनले बताए।

त्रिपुरेश्वरमा सर्जिकल स्टोर सञ्चालन गरिरहेका व्यवसायीले होलसेलमै १ डब्बा मास्कको मूल्य नै १७ सय रुपैयाँ पर्ने बताए।

‘एक डब्बामा ५० थान मास्क हुन्छ, हामीलाई त्यसको १७ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ। त्यसैले खुलामा ३० रुपैयाँमा बिक्री गरिरहेका छौं। मास्क सटेज हुनुअघि एक डब्बाको १ सय २० देखि १ सय ४० रुपैयाँ पर्थ्यो। अहिले लगभग १४ गुना बढेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .