ad ad

छापा खबर


कार्बन मोनोअक्साइड विषाक्तताले कसरी लिन्छ ज्यान?

कार्बन मोनोअक्साइड विषाक्तताले कसरी लिन्छ ज्यान?

नेपालखबर
माघ ८, २०७६ बुधबार २:५६,

दामनको पानोरमा रिसोर्टमा आठ जनाको मृत्युको कारक ग्यास हिटरको विषाक्तताले भएको खुलेको छ।

बन्द कोठामा ग्यास हिटर बाल्दा हावा भित्र–बाहिर हुन नपाई ‘कार्बन मोनोअक्साइड विषाक्तता’ ले भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।

‘थप स्पष्ट हुन हामी ‘अटोप्सी (शव परीक्षा)’ रिपोर्टलाई पर्खंदै छौं,’ नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षत्रीले भने, ‘अटोप्सीमा मृत्यु हुने कारण वा मृत्यु कसरी भयो भन्ने कुरा खोजिन्छ।’

दामनबाट हेलिकप्टरमा मंगलबार बिहान उपचारार्थ राजधानी ल्याइएका ती आठ जनाबारे ‘हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी’ (ह्याम्स) ले भनेको छ, ‘अस्पताल आउँदा कुनै पनि व्यक्तिमा जीवनको लक्षण थिएन, उनीहरूलाई मृत घोषित गरियो।’

प्रहरीका अनुसार दामनमा बास बसेको ठाउँ न्यानो पार्न उनीहरूले ग्यास हिटर बालेको कोठामा हावा ओहोरदोहोर हुने भेन्टिलेसन थिएन। यो खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

मुलुकमा बर्सेनि जाडोयाममा घर तताउन हिटर, ग्यास हिटर, आगो बाल्नेलगायतका विभिन्न प्रक्रिया अपनाउँदा र नुहाउने क्रममा ग्यास गिजरको प्रयोग गर्नाले बिरामी पर्ने, मृत्यु हुने घटना बढेका छन् ।

त्रिवि शिक्षण अस्पतालका प्राडा प्रतापनारायण प्रसाद सुत्ने ठाउँमा अक्सिजनको मात्रा मान्छेलाई आवश्यक परिमाणमा हावा ओहोरदोहोर भए मात्रै प्राप्त हुन्छ । हुन सकेन भने मान्छे निसास्सिनु स्वाभाविक हो।

‘हावा ओहोरदोहोर नहुने कोठामा ग्यास हिटर वा आगोले तताउँदा भित्र बसेकाहरूको कार्बन मोनोअक्साइड विषाक्तताले मृत्यु हुन सक्ने उच्च सम्भावना रहन्छ,’ उनी भन्छन्, ‘कोठा न्यानो पार्नेहरूले हावा राम्ररी ओहोरदोहोर हुने अवस्था छ कि छैन भनेर सतर्क हुनै पर्छ । नत्र दुर्घटनामा परिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .