छापा खबर


अमेरिका-इरान द्वन्द्व : नेपालमा पर्दैछ यस्तो असर

अमेरिका-इरान द्वन्द्व : नेपालमा पर्दैछ यस्तो असर

नेपालखबर
पुस २५, २०७६ शुक्रबार ०:१९,

इरानका शक्तिशाली सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि पश्चिम एसियामा फेरि तनाव चुलिएको छ।

पश्चिम एसियामा चुलिएको द्वन्द्वको त्रासमा संसारभर त्राहिमाम मात्रै पैदा भएको छैन, कतिपयले यो घटनालाई खाडी युद्ध र सन् २००३ मा अमेरिकाले इराकमाथि गरेको आक्रमणसँग तुलना गरेका छन्।

विश्व अर्थतन्त्रमा नै यसबाट त्रासको महसुस भएको खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्।

यो घटनालगत्तै विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ।

दुई देशबीचको द्वन्द्वले अमेरिकी डलर झन् बलियो भएको र सुनमा समेत भारी मूल्य वृद्धि भएको छ।

यसबाट सबैभन्दा बढी एसयाली मुलुक प्रभावित हुने र नेपाल जस्ता तेलका लागि पूरै आयातमा निर्भर अर्थतन्त्र भएका मुलुकलाई सबैभन्दा बढी मर्का पर्ने विश्लेषकहरु बताउँछन्।

पूर्व राजदूत समेत रहेका अर्थशास्त्री शंकर शर्माले यो घटनाबाट उत्पन्न समस्याबारे नेपाल सरकारले तत्कालिन, मध्यकालिन र दीर्घकालिन कार्ययोजना बनाएर अघि बढ्न ढिला गर्नु नहुने बताए।

तनाव लम्बिदै जाँदा पूरै क्षेत्र प्रभावित हुन सक्ने र खाडीमा कार्यरत नेपालीको रोजगारी गुम्न सक्ने खतरा बढेको विश्लेषण हुन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad