छापा खबर


राष्ट्रपति हेलिकोप्टरबाट विमानस्थल जाँदा पनि सडक खाली गराइयो

राष्ट्रपति हेलिकोप्टरबाट विमानस्थल जाँदा पनि सडक खाली गराइयो

नेपालखबर
असोज ३०, २०७६ बिहिबार ०:३१,

राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणमा म्यान्मार प्रस्थान गरेकी छिन् ।

म्यान्मारका राष्ट्रपति यु उइन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा उनी बुधबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

शीतलनिवास कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्न राष्ट्रपति भण्डारीले हेलिकोप्टर प्रयोग गरिन् ।

केही समयअघि भिभिआइपीको प्रयोगका लागि सेनाले खरिद गरेको हेलिकोप्टर प्रयोग गरेर राष्ट्रपति भण्डारी विमानस्थल पुगेकी हुन्।

राष्ट्रपतिको सवारीमा एक घन्टाभन्दा बढी समय सडक खाली गरिँदा ट्राफिक जामका कारण सर्वसाधारणले दुःख पाएकोमा आलोचना हुन थालेपछि यसपटकबाट हेलिकोप्टर प्रयोग गरिएको हो।

तर, राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन अन्तर्राष्ट्रिय विमानस्थल जाँदा र फर्किंदा भने केहीबेर सडक खाली गरिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। जसले गर्दा सर्वसाधारणले पुरानै सास्ती खेप्नुपरेको थियो।

भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारीले नेपाली बाहुल्य रहेको पियनओलियनमा नेपालीभाषीले आयोजना गर्ने कार्यक्रममा सहभागीता जनाउने छिन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .