हङकङमा मेटाभर्स सुरु गर्दै मेटा

हङकङमा मेटाभर्स सुरु गर्दै मेटा

नेपालखबर
असार १, २०७९ बुधबार १२:२७, काठमाडौँ

मार्क जुकरवर्गका मेटा प्लेटफर्मले हङकङमा मेटाभर्स (भर्चुअल विश्व)का विभिन्न योजनाको परीक्षण गर्ने भएको छ।

मंगलबार मेटाले यस विषयमा स्थानीय क्याफे सञ्जाल, विद्यालय र कला संस्थाहरुसँग सहकार्य गरेर मेटाभर्सको सेवा प्रदान गर्ने तयारी गरिरहेको बताएको हो। यसलाई दैनिक जीवनमा प्रयोग गर्ने विषयमा पनि अहिले तयारी भइरहेको मेटाले बताएको छ। 

अहिले अघि सारिएको योजनाअनुसार नयाँ प्रविधिबारे अभ्यस्त गराउन गराउन नयाँ योजना अघि सारिएको हो।

मेटाले मानिसलाई भर्चुअल दुनियाँमा सामेल गर्ने योजनाका साथ मेटाभर्सको अवधारणा अघि सारेको हो।

मेटाभर्समा मानिसले एकापसमा अन्तक्रिया गर्ने, खेल्ने, व्यापार गर्ने र काम पनि गर्न सक्नेछन्।

मेटाले आफ्नो भर्चुअल विश्वको योजनाको लागि नयाँ हेडसेट पनि सार्वजनिक गरिने घोषणा गरिसकेको छ। 

मेटाले यसअघि फ्रान्समा पनि मेटाभर्सको योजना अघि सारिसकेको छ।

मेटाभर्सको योजना अघि सारेसँगै उक्त योजनाको फाइदा तथा बेफाइदाको विषयमा अहिले बहस चलिरहेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .