हङकङमा दुई महिनापछि एकैदिन थपिए हजारभन्दा धेरै कोरोना संक्रमित

हङकङमा दुई महिनापछि एकैदिन थपिए हजारभन्दा धेरै कोरोना संक्रमित

नेपालखबर
असार २, २०७९ बिहिबार १०:५१, काठमाडौँ

हङकङमा दुई महिनाभन्दा लामो समयपछि एकैदिन कोभिड–१९ का एक हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन्।

बुधबार हङकङमा एक हजार ४७ नयाँ संक्रमित थपिएका हुन्। अप्रिल १३ यता पहिलोपटक हङकङमा एक हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन्। 

त्यस्तै बुधबार हङकङमा एकजनाको कोरोना संक्रमणको कारण मृत्यु पनि भएको छ। यससँगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३९२ पुगेको छ। 

पछिल्लो समय हङकङमा कोरोना संक्रमण फैलिएसँगै त्यहाँको सरकारले  केही बार तथा पबमा प्रवेशको लागि र्‍यापिड एन्टिजिन टेस्ट नेगेटिभ आएको हुनुपर्ने निय लगाएको छ। 

यद्यपि जानकारहरुले भने अहिले संक्रमणमा देखिएको वृद्धि पाँचौं लहरको भन्दा फरक किसिमको रहेको बताएका छन्।

विश्लेषकहरुले पछिल्लो समय एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको कुनै प्रमाण नभेटिएको बताएका छन्।

यसअघि कोरोनाको पाँचौं लहरको समयमा भने केही दिनको अन्तरालमा कोरोना संक्रमण दोब्बर भएको थियो।

त्यस्तै यसअघिको कोरोना संक्रमणको लहर फैलिँदा कोरोनाविरुद्धको खोप लगाएका मानिसको संख्या पनि कम रहेको अहिले धेरै मानिसले खोप लिइसकेको कारण पनि धेरै मानिसमा संक्रमण फैलिने सम्भावना मा रहेको विशेषज्ञहरुको भनाइ छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .