नेपाल एयरलाइन्सले गर्‍यो हङकङ उडानमा कटौती

नेपाल एयरलाइन्सले गर्‍यो हङकङ उडानमा कटौती

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १०:५५, काठमाडौँ

नेपाल एयरलाइन्सले हङकङको उडान कटौती गरेको छ। काठमाडौँ-हङकङ हप्तामा तीन उडान गर्दै आएको नेपाल एयरलाइन्सले सीमित उडान मात्रै गर्ने भएको हो।

हालसम्म मंगलबार, बिहीबार र शनिबारको उडान तालिका रहे पनि अब ३-४ दिनको अन्तरालमा उडान गर्न लागिएको हो।

नेपाल-हङकङ नियमित उडान गर्ने यात्रुमाझ उडान अनिश्चितकालीन बन्द भन्ने हल्ला भए पनि निगमले उडान मात्रै कटौती भएको जानकारी दिएको छ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले काठमाडौँ-हङकङको सबै उडान बन्द नभएको बताएका छन्।

वायुसेवा निगमकै एक पाइलटले हङकङको तुलनामा अन्य गन्तव्यमा यात्रुको चाप बढी भएकाले हङकङमा जुन महिनामा उडान कम हुने नेपालखबरलाई बताए।

‘जुन महिनाभरिमा सात वटा उडान हुने तालिका छ,’ ती पाइलट भन्छन्,‘यात्रुसँगै जहाज र पाइलटको अभावले उडानमा कमी भएको हो।’

निगमले अन्य गन्तव्यमा पनि यात्रु र जहाजको उपलब्धताको आधारमा तालिका परिवर्तन हुने गरेको बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .