हङकङमा सुपुर्दगी विधेयक फिर्ता भएपनि रोकिएन आन्दोलन

हङकङमा सुपुर्दगी विधेयक फिर्ता भएपनि रोकिएन आन्दोलन

मगेन्द्र राई
भदौ २०, २०७६ शुक्रबार १२:८,

हङकङमा सुपुर्दगी विधेयकको पूर्ण खारेजी हुने घोषणा भएको छ। बुधबार यसको घोषणा भएता पनि त्यहाँको आन्दोलन भने रोकिएको छैन।

प्रिन्स एडवार्ड रेल स्टेसनमा गत अगस्ट ३१ मा प्रहरीले रेलभित्र पसेर प्रदर्शनकारीमाथि हातपात र ज्यादती गरेकोभन्दै शुक्रबार साँझ आन्दोलनकारीहरुले रेल स्टेसनमा भेला भएर प्रहरीविरुद्ध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले प्रहरीले ज्यादती गरेको भनिएको उक्त घटनाको फुटेज सार्वजनिक गर्न माग गरिरहेका छन्।

यात्रु आवात्जावत्को अत्यन्तै व्यस्त समयमा आन्दोलनकारीहरुको भीड बढ्न थालेपछि नागरिक सुरक्षाको कारण देखाउँदै शुक्रबार साँझ ५ बजेर १५ मिनेटबाट प्रिन्स एडवार्ड रेल स्टेसन बन्द गरिएको छ।

चुन वान लाईन र क्वुन तोङ लाईन चल्ने रेलहरु भने संचालनमा छन्। उक्त घोषणा पश्चात ५ः२५ बजेबाट भीडहरु पातलिएका थिए।

यसरी नियन्त्रणमा लिइएकाे थियाे आन्दोलनकारीलाई

हङकङका अधिकारीका अनुसार रेल सन्चालकहरुले सिसिटिभीमा रेकर्ड भएका फुटेज २८ दिनभित्र नस्ट गर्छन्। तर प्रहरीले छानविन गर्ने भनिएका फुटेज भने ३ बर्ष सम्म सुरक्षित राख्नुपर्दछ।

प्रिन्स एडवार्ड रेल स्टेसनले तोकिएको विशेष व्यक्तिहरूलाई मात्र उक्त फुटेज हेर्नका लागि अनुमति दिने जनाएको छ।

शुक्रबार बिहान ७ बजे कालो टि सर्ट, खैरो टोपी र मास्क लगाएकी एक महिलाले रेल स्टेसन स्टाफ कन्ट्रोल रुम छेउमा घुडा टेकेर रेल स्टेसनका कर्मचारीलाई उक्त फुटेज सार्वजनिक गर्न माग गरेकी थिइन्।

उनले आफ्नो माग पुरा नभए भोक हड्ताल गर्ने चेतावनी दिएकी छिन्। महिलाको यस कार्यलाई हङकङका आन्दोलनकारीहरुले व्यापक समर्थन गरेका छन्।

गत अगष्ट ३१ को घटना पश्चात उक्त स्टेशन २ दिन सम्म बन्द गरिएको थियो। घटनामा प्रहरीको विशेष टोलीले स्टेसनभित्र प्रवेश गरेर हिंसा मच्चाउने उग्र–आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिन कारवाही गरेका थिए।

प्रहरीले दर्जनौं आन्दोलनकारीहरुलाई गिरफ्तार गरेका थिए। त्यहाँ पत्रकर तथा स्वास्थ्य सेवामा खटेका सेवकहरुलाई रोक लगाइएको थियो।

आन्दोलनकारीहरुले त्यहाँका टिकेटिङ मेसिन लगायतका सामग्रीहरु तोडफोड गरेर क्षति पुर्याउँदै आएका छन्।

प्रदर्शनकारी र उनीहरूका समर्थकले प्रहरीको उक्त कदम ग्याङस्टारको जस्तो भएको बताएका छन्। आन्दोलनकारीहरुलाई प्रहरीले अपराधीको जस्तो व्यवहार गरेको जनाएका छन्। प्रहरीले यात्रुहरूलाई विनाकारण कुटपिट गरेको पनि आरोप लगाइएको छ।

यद्यपी प्रहरीले भने आफ्नो बचाउ गरेको छ। उग्र–प्रदर्शनकारीहरुले त्यहाँको मेसिन तोडफोड गरेको, यात्रीहरुलाई उनीहरुले नै हातपात गरेको प्रहरीको भनाइ रहेको छ।

प्रदर्शनकारीले सेतो कपडा फेरेर भेष बद्लेर भाग्न खोज्दा मात्र उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको स्पष्टीकरण रहेको छ।

शुक्रबार प्रजातन्त्र पक्षधर बिधायक फर्नान्डो चेउङ घटनास्थलमा पुगेका थिए। प्रहरीबाट पीडित भएकाहरुका पक्षमा उनका वकिलले काम गरिरहेको बताउँदै उनले प्रमाणको लागि उक्त फुटेजको प्रतिलिपीको लागि रेल संचालक समक्ष निवेदन दिने बताएका छन्।

तर आफ्नो नाम बताउन नचाहने एक रेल स्टेशनका कर्मचारीले भनेका छन्,“प्रदर्शनकारीहरूले भिडियो हात पारे पनि उनीहरूले स्टेशनभित्र घटेको सत्यतथ्य विवरण प्राप्त गर्न सक्दैनन्, किनकी स्टेसन भित्र धेरै “ब्लाईन्ट स्पट्स“हरु छन्, त्यसैले सिसिटिभी सबै कोणबाट भिडियो रेकर्ड हुन सम्भव हुँदैन।’

आन्दोलनकारीहरुले आफ्नो प्रमुख ५ मागहरु मध्ये १ मात्र सुनुवाइ भएकोले ५ वटै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

आन्दोलनकारीले सुपुर्दगी विधेयक फिर्तासहित पाँच मागहरु हङकङ सरकारसमक्ष प्रस्तुत गरेका थिए। अन्य चार मागहरुमा क्यारी लामको राजीनामा, प्रदर्शनका क्रममा भएका प्रहरी ज्यादतीको स्वतन्त्र छानबिन, पक्राउ परेकाहरुलाई बिना सर्त रिहाई तथा अधिक लोकतान्त्रिक स्वतन्त्रता।

बुधबार राति लामले टेलिभिजन संवोधनका क्रममा सुपुर्दगी विधेयक फिर्ताको मागसहित अन्य मागहरुलाई पनि समेट्ने प्रयास गरिन्।

यद्यपी उनले आफ्नो राजीनामा, पक्राउ परेकालाई बिना सर्त रिहाई र अधिक लोकतान्त्रिक स्वतन्त्रताको विषयमा धेरै बोलिनन्।

लामले प्रदर्शनकारीको सर्तमध्ये एक प्रहरीले गरेको ज्यादतीको बारेमा छानबिन हुने बताएकी छिन्। उनले स्वतन्त्र प्रहरी उजुरी परिषद् आइपीसीसीेमार्फत् प्रहरी ज्यादतीको विषयमा स्वतन्त्र रुपले छानबिन हुने बताइन्।

लामले आइपीसीसी स्वतन्त्र संस्था भएकाले यसमा सरकारको हस्तक्षेप हुनेमा कुनै शंका नगर्न आग्रह गरेकी छन्। उनले सरकारले आइपीसीसीलाई सहयोग गर्ने पनि बताएकी छिन्।

लामले प्रदर्शनका क्रममा पक्राउ परेकालाई बिना सर्त रिहा गर्ने विषयमा पनि धारणा राखिन्। उनले कानुन अनुसार पक्राउ परेका अपराधी ठहरिए दोषीलाई कारवाही हुने बताएकी छिन्। यसको अर्थ सबै पक्राउ परेका प्रदर्शनकारी रिहा हुन असंभव छ।

अपराधीलाई कारवाही गरिनु कानुनको पालना हुने उनले बताएकी छन्। कानुनी शासनभन्दा बाहिर गएर एक देश दुई प्रणालीको व्यवस्था अवज्ञा गर्दै प्रदर्शनकारीले चीनको झण्डाको अपमान गरेको विषयमा उनले सत्यतथ्य छानविन गरी कारवाही अगाडि बढाइने दोषीलाई कारवाही हुने उनले बताइन्।

सो क्रममा लामले हङकङबासीसँग उनीहरुको समस्याबारे प्रत्यक्ष संवाद गर्ने प्रतिवद्धता जनाएकी छिन्। नागरिकको विचार र सुझावलाई सिरोपर गर्दै हङकङको समस्या सुल्झाउने बाटोमा अगाडि बढ्ने जनाइएको छ।

तर प्रदर्शनकारीको पाँच मागमा समेटिएका आफ्नो राजीनामा र अधिक लोकतान्त्रिक स्वतन्त्रताको बारेमा लामाले बुधबार रातिको संवोधनमा केही उल्लेख गरिनन्। त्यो अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन।

त्यसैले सुपुर्दगी विधेयक फिर्ता भयो, अब के हुन्छ भन्नेबारे हङकङमा यतिबेला ठूलो बहस खडा भएको छ।

विश्लेषकहरुका अनुसार हङकङको आन्दोलन अझै लम्बिनसक्छ। उनीहरुले सुपुर्दगी विधेयक फिर्ताको विषयलाई ‘सानो माग ढिलो पुरा’ भएको बताएका छन्।

प्रदर्शनकारीको एजेन्डा अब सुपुर्दगी विधेयकमा मात्र सिमित नभएर क्यारी लामकै राजीनामा र हङकङलाई अधिक स्वतन्त्रता दिलाउनेतर्फ अगाडि बढेको जानकारहरु बताउँछन्। यो विषयले हङकङ प्रदर्शन अझै लम्बिनसक्ने अनुमान गरिएको छ।

प्रदर्शनकारीले समेत आन्दोलन चर्काउने बताइरहेका छन्।

Related image

क्यारी लाम

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .