हङकङ सुरक्षा कानुनको घेरामा रहेको एप्पल डेली पत्रिका बन्दको संघारमा, शुक्रबार फैसला

हङकङ सुरक्षा कानुनको घेरामा रहेको एप्पल डेली पत्रिका बन्दको संघारमा, शुक्रबार फैसला

नेपालखबर
असार ७, २०७८ सोमबार १३:२९,

राष्ट्रिय सुरक्षा कानुनको घेरामा रहेको यस पत्रिकाको सम्पत्ति फ्रिज भएपछि पत्रिका बन्दको संघारमा पुगेको हो।

एप्पल डेली मुख्यक्षेत्र चीन सरकारप्रति आलोचनात्मक भएको बताइन्छ।

सन् २०१९ मा एप्पल डेलीले हङकङ र चीनलाई अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्धात्मक नियमहरु लगाउनु माग गर्दै ३० भन्दा बढी लेख छापेको प्रहरीले बताएका थिए।

एप्पल डेलीका संस्थापक जिमी लाई सन् २०१९ को सरकारविरुद्धको आन्दोलनमा युवाहरूसँगै सडकमा रहँदै आएका थिए।

हङकङमा सुपुर्दगी सन्धि लगायत लोकतान्त्रिक आन्दोलनलाई सक्रिय साथ दिँदै आएका जिमीलाई सरकारले विदेशीहरूसँग मिलेर चीन विरोधी गतिविधि गरेको सन्देहमा पक्राउ गरेको थियो। हाल पनि उनी हिरासतमै छन्।

यसबीचमा हालै राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेकै आरोपमा एप्पल डेलीमा छापा हानिएको थियो।

५ सय प्रहरीले छापामार्दा सो क्रममा पत्रिकाका प्रधान सम्पादक राएन लसहित पाँच जना गिरफ्तार भएका थिए।

अन्य गिरफ्तार हुनेमा पत्रिकाका सीईओ चिउङ किम–हङ, सीओओ चो तात–क्युन, सहसम्पादक चान पुईमान तथा कार्यकारी सम्पादक चिउङ चि–वाई रहेका थिए।

हाल एप्पल डेलीको बैंक खातामा भएको एक करोड ८० लाख हङकङ डलरलाई फ्रिज गरिएको छ।

सो सम्पत्ति फुकुवा नभए पत्रिका बन्द गर्नुपर्ने अवस्था आउने एप्पल डेलीले जनाएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सुरुक्षा ब्युरोले सम्पत्ति फ्रिज गर्ने कार्यलाई फुकुवा गर्न आदेश नदिए एप्पल डेलीले कर्मचारीलाई तलब दिन सक्दैन भने अन्य आर्थिक झमेला थप उत्पन्न हुनेछ।

शुक्रबारसम्ममा यो पत्रिका बन्द हुने या लगातार छापिने भन्ने छिनोफानो हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .