हङकङमा एक व्यक्ति मृत फेला पर्दा उनकी श्रीमती घाँटी रेटिएको अवस्थामा भेटिइन्

हङकङमा एक व्यक्ति मृत फेला पर्दा उनकी श्रीमती घाँटी रेटिएको अवस्थामा भेटिइन्

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १३:१०,

साउथ चाइना मर्निङ पोस्टका अनुसार त्युन मुन टावर ब्लकको एक भवनबाट खसेको अवस्थामा ६६ वर्षका व्यक्ति मृत भेटिएका थिए।

उनको मृत्युको खबरबारे उनकी श्रीमतीलाई भन्न जाँदा फ्ल्याटमा फु थर भएकी ती महिला पनि घाँटी रेटिएको अवस्थामा अचेत फेला परेको प्रहरीको भनाइ छ।

प्रहरी अधिकारी लाम हिङ–चिउङका अनुसार घटनास्थलमा महिलाकै छेउमा मासु काट्ने ठूलो चक्कु थियो।

पुरुषलाई बिहान ४ बजेको समयमा घटनास्थलमै मृत घोषणा गरिएको थियो भने आज बिहान ५ बजे २५ मिनेटमा त्युन मुन अस्पतालमा महिलालाई मृत घोषणा गरिएको थियो।

ती मृत महिला सरकारी कर्मचारी भएको बताइएको छ। उनको घाँटी, निधार र ओठमा काटिएको बताइएको छ।

उनीहरुले ४० वर्ष अगाडि विवाह गरेका थिए। तर उनीहरुबाट बच्चा जन्मिएको थिएन। प्रहरीले पुरुषले श्रीमतीलाई चक्कुले आक्रमण गरेपछि आत्महत्या गरेको अनुमान गरेका छन्।

यद्यपी उनीहरु खुशीसँग बसिरहेका जोडी थिए। यो घटनाको विषयमा यतिबेला प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .