हङकङको चुनमुनमा आमाछोरीको शव क्षतविक्षत अवस्थामा भेटियो

हङकङको चुनमुनमा आमाछोरीको शव क्षतविक्षत अवस्थामा भेटियो

नेपालखबर
साउन २९, २०७६ बुधबार १०:२६,

हङकङमा दुई महिलाकाे शव क्षतविक्षत अवस्थामा भेटिएको छ।

बुधबार अपरान्ह हङकङको उत्तर पश्चिम न्यु टेरिटोरिज क्षेत्र अबस्थित चुनमुन शहरको एक आवासीय भवनमा आमाछोरीको शव फेला परेको हो।

चुन मुन हेउङ स्जे वुई रोडमा अबस्थित एल्डो कोर्ट अपार्टमेन्टका घरबेटीले बुधबार मध्यान्न १२ः३७ शव देखिपछि बजे प्रहरीलाई खबर गरेका थिए।

आमा, छोरी र अपाङ्ग छोरासहित ३ जना बिगत दुई वर्षदेखि उक्त फ्ल्याटमा बस्दै आएका थिए। घरधनीले बहालमा बस्ने उक्त परिवारसँग केही महिनाबाट सम्पर्क हुन नसकेपछि फ्ल्याट खाली गराउन कानून व्यवसायीसहित गएकी थिइन्। ढोका छेउ पुग्दा अनौठो गन्ध आएपछि तिनले प्रहरीलाई खबर गरिन्।

प्रहरीले ढोका खोलेपछि ६० वर्षीया आमा र २० वर्षीया छोरीको शव क्षतविक्षत अवस्थामा फेला परेको हो। कोठामा छोरा भने नभएको पाइएको छ।

प्रहरीको प्रारम्भिक अनुसान्धनले उक्त आमा छोरीको मृत्यु केही दिन अगाडि भइसकेको बताइएको छ। प्रहरी स्रोत अनुसार शयनकक्षमा एक छुरा समेत फेला परेको छ। तर उक्त छुरा त्यो मृत्युको घटना सम्बन्धित भए नभएको यकिन भएको छैन।

प्रहरीले तदारुकताका साथ अनुसान्धनलाई अगाडि बढाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .