पछिल्लो समय हङकङमा कोरोना भाइरसको प्रभाव घट्दै जाँदा यहाँ एक अंकका संक्रमित मात्र देखिन थालेका हुन्।
हङकङमा कोरोनाविरुद्धको खोप कार्यक्रम पनि संचालन भइरहेको छ। निशुल्क रुपमा यहाँ कोरोनाको भ्याक्सिन लगाइएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार सोमबारका संक्रमितसँगै हाल हङकङमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ४५५ पुगेको छ।
यहाँ २०५ को मृत्यु भइसक्दा ११ हजार ४० कोरोनामुक्त भएका छन्।
प्रतिक्रिया