हङकङमा कोरोना संक्रमणको खतरापछि अमेरिकी वाणिज्य दूतावास बन्द

हङकङमा कोरोना संक्रमणको खतरापछि अमेरिकी वाणिज्य दूतावास बन्द

नेपालखबर
चैत २, २०७७ सोमबार १२:४६,

सोमबार अमेरिकी वाणिज्य दूतावासका दुई कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि दूतावास अस्थायी रुपमा बन्द गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यसैबीच सोमबार मात्र हङकङमा ३० नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्। जसमध्ये १६ स्थानीयस्तरबाटै संक्रमित बनेका मानिस हुन्।

१४ जना भने विदेशबाट फर्किएका मानिसहरु भएको बताइएको छ। हाल हङकङमा शारीरिक व्यायाम गर्ने स्थान जिमखान कोरोना फैलने सबैभन्दा संवेदशील क्षेत्र बनेको देखिएको छ।

सोमबार देखिएका संक्रमितमध्ये १३ जिमखानामै आवद्ध भएका मानिस भएको बताइएको छ।

यससँगै हङकङमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ३१२ पुगेको छ। संक्रमितमध्ये २०३ को मृत्यु भइसक्दा १० हजार ७६९ कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .