हङकङमा कोरोनाको खोप लगाउँदा एक व्यक्तिमा गम्भीर असर, अनुहार प्यारालाइस

हङकङमा कोरोनाको खोप लगाउँदा एक व्यक्तिमा गम्भीर असर, अनुहार प्यारालाइस

नेपालखबर
चैत १, २०७७ आइतबार १२:१४,

मार्च ६ मा कोरोनाविरुद्धको सिनोभ्याकको खोप लगाएका एक ६९ वर्षका मानिसको अनुहार अचेत भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङमा खोप लगाएपछि प्यारालाइस भएको यो पहिलो घटना हो।

यसअघि हङकङमा सिनोभ्याककै खोप लगाएका ३ जनाको मृत्यु भइसकेको छ।

हाल अनुहार प्यारालाइस भएका व्यक्तिमा उच्च रक्तचापको समस्या थियो।

यसअघि खोपकै कारण गम्भीर प्रतिकुल असर देखिएर मृत्यु भएका मानिसमा पनि पहिल्यै रोगहरु थिए।

हालसम्म हङकङमा सिनो भ्याकका ९१ हजार ८१८ डोज लगाइसकिएको छ त्यस्तै फाइजर–बायोएनटेकको १२ सय ७ डोज खोप लगाइएको छ।

खेप लगाएकामध्ये हाल ३० पुरुष र १७ महिलामा थकान महसुस हुने, चक्कर लाग्ने समस्या देखिएको छ।

चिकित्सकहरुले दिर्घकालिन रोघ तथा अन्य रोगबाट पीडित मानिसले खोप लगाउन अगाडि चिकित्सकसँग सल्लाह लिनुपर्ने हङकङका अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .