हङकङमा ट्रक र मोटर साइकल ठोक्किँदा एकको मृत्यु

हङकङमा ट्रक र मोटर साइकल ठोक्किँदा एकको मृत्यु

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १२:२६,

बिहीबार क्वाइ चुङको कन्टेनर पोर्ट रोड साउथको घुम्तिमा यस दुर्घटना भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बिहान साढे ११ बजेको यस दुर्घटनामा ५३ वर्षका मोटरसाइकल चालकको मृत्यु भएको हो।

प्रहरीले घटना भएको केहीबेरमै ट्रक चालकलाई नियन्त्रणमा लिएको थियो।

हाल ट्रक र मोटर साइकल चालक कसको गल्ती थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।

प्रहरीले मोटरसाइकल चालकलाई ट्रकको मुनीबाट उद्धार गरेर प्रिन्सेस मार्गरेट अस्पताल भर्ना गरेको थियो।

तर १२ बजे उनको मृत्यु भएको घोषणा गरिएको थियो। हाल ट्रक चालकलाई जमानतमा छाडिएको छ।

यसैबीच हङकङमा आजै अर्को दुर्घटना भएको छ। हेनेसी सडकमा एउटा ट्याक्सीले एक ६० वर्षका पुरुषलाई ठक्कर दिएको हो।

हाल बेहोस भएका उनको क्विन म्यारी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .