साउथ चाइना मर्निङ पोस्टले प्राप्त गरेको सूचनाअनुसार अबको दुई दिन भित्रै सिनोभ्याकको खोप हङकङ भित्रिनेछ।
खोप प्रयोगका लागि हङकङमा विमानस्थलका कर्मचारीलाई प्राथमिकतामा राखिएको पनि एससीएमपीले जनाएको छ।
विमास्थलका कर्मचारीमा पनि पाइलट तथा चालक दलका सदस्यहरुले पहिले खोप पाउनेछन्।
पहिलो चरणको खोप २० स्थानबाट लगाइने छ। सरकारी अधिकारीहरुले विमानस्थलमा काम गर्ने कामदारको सूची मागिसकेको बताइएको छ।
यो खोप १८ देखि ६० वर्षका मानिसमा परीक्षण गर्दा दुई डोज लाइसक्दा ६३ प्रतिशत प्रभावकारी भएको देखिएको छ।
चाँडै खोप कार्यक्रम संचालन हुनेछ। यसैबीच हङकङमा बुधबार १६ नयाँ कोरोना संक्रमित थपिएका छन्।
यससँगै हङकङमा कुल संक्रमितको संख्या १० हजार ८१२ पुगेको छ। कोरोनाका कारण हालसम्म यहाँ १९५ को मृत्यु भइसकेको छ।
प्रतिक्रिया