हङकङले सन् २०१९ का प्रदर्शनकारी पहिचान गर्दै, १६ वर्षे किशोर पनि अनुसन्धानको घेरामा

हङकङले सन् २०१९ का प्रदर्शनकारी पहिचान गर्दै, १६ वर्षे किशोर पनि अनुसन्धानको घेरामा

नेपालखबर
माघ २९, २०७७ बिहिबार १२:३९,

गतवर्ष मुख्य क्षेत्र चीनले राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएपछि हङकङ प्रशासन प्रदर्शनकारीविरुद्ध आक्रमक बनेको हो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यतिबेला एक १६ वर्षका एक किशोर प्रहरीको अनुसन्धानको घेरामा परेका छन्।

उनलाई सन् २०१९ नोभेम्बर १६ मा प्रहरीमाथि पेट्रोल बम प्रहार गरेकोमा दोषी करार गरिएको छ।

त्यसबेला उनी १४ वर्षका थिए। उनले मङ ककको प्रदर्शनमा आफूले प्रहरीमाथि पेट्रोल बम हानेको अदालतमा स्वीकार गरेका छन्।

यद्यपी अदालतले उनलाई कुनै सजाय दिएको छैन। उमेर कम भएकाले साथै सरकारविरुद्धको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले उनलाई त्यस्तो गर्न सिकाएकाले उनलाई सजाय नसुनाइएको बताइएको छ।

उनले प्रहार गरेको पेट्रोल बम प्रहरी अधिकारीभन्दा २० मिटर परै खसेको थियो। पेट्रोल बम खस्दा सडकमा आगो सल्किएको थियो।

सन् २०१९ मा सुपुर्दगी विधेयक संसदमा पेश हुँदा आन्दोलन चर्किएको थियो। ७ महिनाभन्दा लामो आन्दोलनमा चीन विरोधी गतिविधि भएको थियो।

चिनियाँ झण्डा जलाइँदै चीनबाट हङकङ अलग्याउने नारा लगाइएको थियो।

उक्त विधेयक पारित भए हङकङका अपराधीलाई चीन लैजान सकिन्थ्यो तर हङकङको स्वतन्त्रता खोसिने भन्दै आन्दोलन भएको थियो।

तर गतवर्ष लागू भएको सुरक्षा कानुन अनुसार भने अब हङकङमा चीनविरुद्ध कुनै गतिविधि गर्न पाइँदैन। चीनको झण्डा र गीतको आलोचना गरे उनीहरुलाई अपराधी ठहर गरिनेछ।

सोही कानुनअनुसार यतिबेला त्यसबेलाका प्रदर्शनकारी पक्राउ गर्न थालिएपछि प्रदर्शनकारीहरु सशंकित बनेका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .